झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना पुष्टि

२१ असोज, झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब दिनुभएको थियो । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।

विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी भइरहने भईरहनुहुने जिसस प्रमुख पोर्तेलले स्वास्थ्यको ख्याल गदै पीसीआर परीक्षण गराउनुभएको थियो ।

उहाँले सामाजिक संञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उहाँले बताउनुभयो ।

संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उहाँले जनाउनुभएको छ । आफूलाई कुनै लक्षण भने नदेखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270