समाज

ललिता निवास प्रकरणः मीनबहादुरको बयान ‘‘मैले जग्गा किनेको हो, गल्ती गरेको छैन ।’’
२६ असार, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध ‘संगठित सरकारी छाप र लिखत किर्ते’ मुद्दा चलाएको छ । ब्यूरोका अधिकृतहरूले गुरुङमाथि दुईवटा विषयमा अनुसन्धान गरिरहेका छन् । सिआईबीको मुद्दा नम्बर-२४ अन्तर्गत ‘जग्गा फिर्ता’ र मुद्दा नम्बर-२७ अन्तर्गत ‘निवास परिसर विस्तार सट्टापट्टा र सोधभर्ना’ सम्बन्धी कसुरमा उनी संलग्न छन् । करिब १३७..

ताप्लेजुङ सिदिङ्वाका बाढी–पहिरो पिडितका लागि सहयोगमा जुट्न युवाहरुको अपिल
१८ असार, ताप्लेजुङ । अविरल बर्षाका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न स्थानमा गएको वाढी र पहिरोका पिडितहरुकालागी सहयोग जुट्ने क्रम जारी रहेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका ३ सारताप मा.वि.का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनसिंह नेम्वाङको संयोकत्वमा विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट रु १४ हजार ५४० रुपौँया जुटाएर सहयोग गरिएको छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज संगको सहकार्यमा युवाहरुले विपद सहयोग अभियान सिदिङ्वा परिवार बनाएर वाढी र पहिरो पिडितहरुका..

सशस्त्र प्रहरीमा मौलाउँदै आत्महत्याको घटना, जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै
५ असार, काठमाण्डौँ । असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । गण नम्बर–१६ स्थित काभ्रेको कार्यालय भवनको छतको पिल्लरमा डोरी लगाएर उनी झुन्डिएका हुन् । नकर्मी २०६३ मा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षसम्म उनी सहायक हवल्दार भन्दा माथि पुग्न सकेका थिएनन् । डिप्रेसनको औषधी खाने गरेका नकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको टिमले मनोपरामर्श पनि दिएको थियो..

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्धारा पदभार ग्रहण
१ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । कार्की नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज नै प्रधानन्यायाधीश नियुक्त गरेका थिए । संयोगवश वर्तमान राष्ट्रपति पौडेललाई शपथ खुवाएका कार्कीलाई अहिले राष्ट्रपति पौडेलले कार्कीलाई शपथ खुवाएका हुन् । संविधान अनुसार राष्ट्रपतिको शपथ ग्रहण प्रधानन्यायाधीशबाट..

मनसुन नेपाल भित्रियो
३१ जेष्ठ, काठमाण्डौँ । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । तर यो वर्ष जुन १४ अर्थात जेठ ३१ गते देशका कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा..

इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण
२५ जेष्ठ, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् । आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले..

नागरिकता विधेयक तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश
२१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई दिनअघि प्रमाणीकरण भएको नागरिकता विधेयक ऐन तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्च अदालतले ऐन कायृन्वयन नगर्न अन्तरिम आदेश दिन नपर्ने भए के कति आधार र कारणबाट अन्तरिम आदेश दिनु नपर्ने हो सो सम्बन्धमा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ..

जनताको अदालतबाट हामीले मुक्ति पाइसकेका छौँ तर राज्यले सम्बोधन गरेको छैनः रेशम चौधरी
२६ मंसिर, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसदमा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ । यही मंसिर ४ गते..

आगामी निर्वाचनका लागि ३ दिन विद्यालय र २ दिन सरकारी बिदा
२९ कार्तिक, काठमाण्डौँ । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५..

साना दललाई ‘थ्रेसहोल्ड’को चिन्ता
२७ कार्तिक, काठमाण्डौँ । राजनीतिक दलहरु चुनाव प्रचाररप्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ११ मा भनिएको छ, ‘ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन..