नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्धारा पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्धारा पदभार ग्रहण


१ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

कार्की नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज नै प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

संयोगवश वर्तमान राष्ट्रपति पौडेललाई शपथ खुवाएका कार्कीलाई अहिले राष्ट्रपति पौडेलले कार्कीलाई शपथ खुवाएका हुन् । संविधान अनुसार राष्ट्रपतिको शपथ ग्रहण प्रधानन्यायाधीशबाट हुन्छ भने प्रधानन्यायाधीशको शपथ राष्ट्रपतिले गर्ने ब्यवस्था रहेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर