दमक ९ चियादोकान पश्चिम खोल्छामा पुरुषको बेवारीसे शव फेला

२० असोज, झापा । झापाको दमक नगरपालिका ९ स्थित चियादोकान पश्चिम खोल्छामा आज विहान एक पुरुषको बेवारीसे शव फेला परेको छ । सढेगलेको अवस्थामा पुरुषको शव फेला परेको इलाकामा प्रहरी कार्यलय दमकका प्रहरी नायव निरिक्षक मनोज कुमार लामाले बताए । अन्दाजी ३०/३५ बर्ष उमेर समुहका देखिने ति पुरुषको ९/१० दिन अगाडी नै मृत्यु भएको हुन सक्ने प्रहरी नायव निरिक्षक लामाले बताए । ति पुरुषको अहिलेसम्म सनखत हुन सकेको छैन ।..

सूर्याेदय नगरपालिकाले स्नातक तहमा बुहारीलाई निःशुल्क पढाउदैँ

२० असोज, इलाम । इलामको सूर्याेदय नगरपालिकाले स्नातक तहमा महिलाहरूलाई निःशुल्क शिक्षा प्रदान गरेको छ । महिलालाई शिक्षामा प्रोत्साहनका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको हो । ‘सूर्याेदय नगरपालिकाको इच्छा, छोरी बुहारीको शिक्षा’ कार्यक्रम सञ्चालन गरेर पालिकाभित्र अध्ययन गर्न चाहने छोरी, बुहारीलाई स्नातक तहमा निःशुल्क अध्यापन गराएको पालिकाको महिला विकास अधिकृत तारा शेर्पाले बताइन् । नगरपालिकाले महिलाहरुको लागि शैक्षिक लाइसेन्स तयारी कक्षा र लोक सेवा तयारी कक्षा समेत सञ्चालन गरेको..

बझाङ केन्द्रविन्दु बनाएर आज पनि भूकम्प गयो

२० असोज, बझाङ । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज शनिबार मध्यान्ह ११ः४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो । मंगलबार यता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन् । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । त्यसपछि ३ः०६ मा ६.३ म्याग्नेच्युडको..

आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता

१८ असेज, धनुषा । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका-चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति..

जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका चौंथो उत्कृष्ट कार्यालय

१७ असोज, इलाम । जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्येमा चौंथो भएको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो । नयाँ प्रमुख जिल्ला..

माङसेबुङ गाउँपालिकाका २ हजार ५ सय ८८ भूमिहीनलाई जग्गाको निस्सा वितरण

१७ असोज, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको छ । मंगलबार माङसेबुङ गाउँपालिका–६ स्थित चिसोपानी पञ्चमीमा एक कार्यक्रम गरी निस्सा वितरण कार्यक्रम सुरुआत गरेको हो..

भारती मानन्धर सर्वाेच्च अदालत परिसरमै ढलीन्

१७ असोज, काठमाण्डौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वाेच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वाेच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी..

‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध बिहीबार सुनुवाइ हुने

१७ असोज, काठमाण्डौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद..

कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प

२५ भदौ, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गाेतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए..

ललिता निवास प्रकरणका १८ आरोपीत धरौटीमा छुटे, मिन गुरुङसँग २ करोड ४६ लाख माग

२४ भदौ, काठमाण्डौँ । ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएको जनाईएको छ । गुरुङसँग अदालतले जम्मा २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा..