समाज

बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु
२८ फागुन, झापा । बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा..

आज ग्याल्पो ल्होसार पर्व मनाइदै
२८ फागुन ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा..

यात्रीलाई ठक्कर दिने बसलाई स्थानियद्वरा आगजनी
२८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि..

मेचीनगरस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी
२८ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन्। आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।

दमकमा दोस्रो झापा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न
२७ फागुन, दमक । झापाको दमकमा आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो झापा जिल्ला स्तरीय प्रतियोगिता फागुन २५ र २६ गते दुइ दिन सञ्चालन भएको थियो । दमक –७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ तेक्वान्दो संघ झापाले आयोजना गरेको प्रतियोगितामा आयोजक पहिलो, कमल गाउँपालिका डोजाङ दोस्रो र पाथिभरा डोजाङ तेस्रो भएका छन् । यसै गरी हिमालय मावि डोजाङले अनुशासित टिमको उपाधि पाए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि..

दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन
२६ फागुन, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापन बारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको छ । स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ ।..

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित
२६ फागुन, इलाम । मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार २५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्यमात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक निर्माण..

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने
२६ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा..

१३ वर्षीया बालिका बलात्कार गर्ने माङ्सेबुङका ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
२६ फागुन, माङ्सेबुङ । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि..

च्याब्रुङ नाचले गुञ्जयमान बन्यो इलाम बजार
२६ फागुन, फिक्कल (इलाम): हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो । झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए । च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए । ठूलो टुँडीखेलको..