समाज

भोजपुरमा आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु
४ चैत । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न..

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, ४ घाइते
४ चैत । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । ग१ख ८५२४ नम्बरको बस आइतबार बिहान करिब २ः४० बजे बाटोछेउमा रोकिराखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडि भागमा ठोक्किएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । दुर्घटनामा भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । गम्भीर घाइते भएका बसका यात्री उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको..

झापामा कुलतको कारण बढ्दै अपराध
३ चैत, झापा । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धीरज विश्वकर्माले लागुऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए ।..

सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्त ऋणीले लिए आन्दोलन फिर्ता
३ चैत, काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो । सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिको पूर्णपाठ नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या..

इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने
३ चैत, पाँचथर । लोपन्मुख वन्यजन्तु तथा जडिबुट्टि पाइने सुकेपोखरी लोहाकील क्षेत्र बिगत १५ बर्षदेखि सुर्याेदय स्थल, गुराँस क्षेत्र र हिउ खेल्ने प्रमुख क्षेत्र भएको छ । मौसम अनुसार त्यहाँबाट हिमाल, अन्य पहाडहरु तथा तराईका मनमोहक दृश्यवालोकन गर्न सकिने थलोको रुपमा परिचित भएको छ । इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्र पर्यटकीय हव बनाउन लागिएको हो । इलाम नगरपालिका ३ नम्बर वडा र पाँचथर जिल्लाको फिदिम नगरपालिका..

इलाम २ उपनिर्वाचनः पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने
३ चैत, इलाम । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको..

ऐतिहासिक स्थल सुम्हालुङ परिषर निर्माण हुँदै, फिदिम नगरपालिकाबाट बजेट विनियोजन
३ चैत, पाँचथर । ऐतिहासिक पर्यटन क्षेत्र विकास गर्न प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर सुम्हालुङ गढियक निर्माण भइरहेको छ । विगत बर्षमा जिल्ला विकास समिति र सङ्घीय पुनसंरचनापछि प्रदेस सरकारबाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को गढिमा रहेको ऐतिहासीक सुम्हालुङ निर्माण गरिएको हो । त्यस स्थान पुग्ने सडक, सिढिमार्ग र सुम्हालुङ परीषर निर्माण गरेर संरक्षण तथा प्र्रर्वदनको काम भएको वडा अध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए..

कमल नगर जेसीसको आयोजनामा ‘जनतासँग न्यायपालिका’ विषयक अन्तरक्रिया सम्पन्न
३ चैत, पाडाजुङ्गी (कमल) । झापाको कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । कमल गाउँपालिका न्यायिक समितिको सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध स्थापना गर्ने समेत प्रयास भएको छ । कार्यक्रममा छिमेकी पालिकाका न्यायिक गतिविधिहरू बारे एकापसमा जानकारी आदान प्रदान गरिरएको थियो । न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने विषयमा जानकारी..

गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाचिँएर लाग्दा श्रीमतीको मृत्यु
३ चैत, धनकुटा । धनकुटामा रुखको हाँगा भाचिँएर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ सल्लेरीमा बिहिबार अपरान्ह करिब ४ बजे सडकको भित्तामाथि रहेको शिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा–१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो । उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । धनकुटाबाट हिले जाँने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कासी रुखको हाँगा खसेर टाउको र..

१९ वर्षीया किशोरीको हत्यापछि शव गाडेको आशंकामा एक जना पक्राउ
३ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी..