दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन

दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन


२६ फागुन, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापन बारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको छ ।

स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ । विज्ञप्तिमा भनिएको छ ‘विभिन्न काल खण्डमा विद्यार्थीहरुको कल्याणका लागि भनि स्थापित विभिन्न कोषहरुको उचित व्यवस्थापन हुन नसकेको र विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलित रकमको सहि सदुपयोग नभएको हुँदा उक्त विषय प्रति दमक बहुमुखी क्याम्पस स्ववियूको गम्भिर ध्यानाकर्षण भएको छ ।’
केहि बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम क्याम्पस प्रसासनले अन्य शिर्षकमा अपचलन गरेको तर हालसम्म पनि फिर्ता नगरेको भन्दै स्ववियूले ४८ घण्टा भित्र सो रकमका बारेमा उचित ब्यवस्थापन गर्न क्याम्पस प्रसासनलाई अल्टिमेटम दिएको छ ।

स्ववियू कार्यवाह सभापति संञ्जय राईका अनुसार विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम विद्यार्थी कोषमा अहिलेसम्म फिर्ता नभएको र आफुहरुले प्रसासन समक्ष जानकारी माग गर्दा पनि वास्ता नगरेको बताए । विद्यार्थी कल्याण कोष रकमको बारेमा क्याम्पस प्रमुख समक्ष बुझ्दा चासो नदेखाएको त्यसमा उल्टै सो रकमका बारे बुझ्न परेमा स्ववियुको संस्थागत निर्णय लिएर आउनु अनि मात्र जानकारी दिने क्याम्पस प्रमुखले बताएको कार्यवाह सभापति राईले बताए ।

उनले भने ‘विद्यार्थी कल्याण कोषको रकमको बारेमा क्याम्पस प्रमुख समक्ष बुझ्दा यो बिषयमा जानकारी लिने तपाईको ब्यक्तिगत चाहना होकी ? संस्थागत धारणा हो ? संस्थागत धारणा हो भने माईन्युटमा निर्णय लिएर आउनुहोस् अनि कुरा गरौला भनेर क्याम्पस प्रमुख यज्ञराज गिरीले भन्नुभयो ।’ त्यसमा आफुले क्याम्पस भित्रको बिषयमा सबै विद्यार्थीको प्रश्न सोध्न पाउने र सुचना माग्न पाउने अधिकार भएकाले जानकारी मागेको बताए ।

त्यसरी आफुहरुले सो रकम अपचलनको बिषयमा थप जानकारी माग्दा पनि क्याम्पस प्रसासनले जानकारी नदिएको स्ववियू सचिव दिपक मादेनले बताए । ‘हामीले क्याम्पस प्रमुख ज्यु समक्ष विद्यार्थी कल्याण कोषको रकम के आधारमा अन्यन्त्र खर्च गरियो ? कहिलेसम्म फिर्ता गर्ने निर्णय थियो ? ककसले बसेर गरेको सहमती हो ? पक्कै माईन्युट त छ होला भने माग्दा क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) र क्याम्पस प्रसासनले अहिलेसमम एक शब्द पनि जानकारी दिएको छैन’ उनले भने ।

आफुहरुले भित्रि स्रोतबाट सो रकम क्याम्पसले अपचलन गरेको जानकारी पाएको उनले बताए । ‘तत्कालिन क्याम्पस प्रमुख उत्तम भट्राई र तत्कालिन स्ववियु सभापति विनोद चापागार्इँको पालामा ८ बर्ष अगाडी तिर क्याम्पस घाटामा गएको भन्दै सो रकम अन्य शिर्षकमा निकाशा गरिएको र हाल सम्म फिर्ता नभएको मात्र हामीले अपुष्ट जानकारी पाएका छौ, सोधिखोजी गर्दा कसैले जानकारी दिएनन्’ सचिव मादेनले भने ।

विभिन्न काल खण्डमा विद्यार्थीहरुको कल्याणका लागि स्थापित विद्यार्थी कल्याण कोषको मोटो रकम दुरुपयोग हुनु दुखद भएको उनले बताए । यस विषयमा आफुहरु गम्भिरताका साथ लागेको बताए ।

यता क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) भने यसलाई सामान्य कुरो भएको बताउछन् । गृहखबर डेस्कबाट फोन सम्पर्क गर्दा ८ बर्ष अगाडी तत्कालिन क्याम्पस प्रमुख उत्तम भट्राई र तत्कालिन स्ववियु सभापति विनोद चापागार्इँको पालामा क्याम्पस आर्थिक मन्दिमा परेको र सापटी स्वरुप विद्यार्थी कल्याण कोषको ५० लाख रकम मात्र प्रसासन चलाउन लिएको बताए । यसलाई विस्तारै जम्मा गर्दै जाने उनले बताए । उनले भने ‘त्यो पौसालाई हिनामिना गरेको भन्न मिल्दैन, क्याम्पसकै पौसा हो, विद्यार्थीका लागि जम्मा गरेको पौसा प्रसासनका लागि त निकालेको हो । अव हामी विस्तारै अलि अलि गर्दै त्यो कोषमा रकम जम्मा गरिहाल्छौ नी ।’

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270