दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा दुई जना फेला

२९ चैत, झापा । झापाको दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा एक–एक जना मृत फेला परेका छन् । झापा दमक नगरपालिका–९ स्थित चिया बगानमा झुण्डीएको अवस्थामा दमक–५ का गणेश अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनको शव बिहिवार बिहान करिब पाउने ५ बजे चिया बारीको रुखमा झुण्डीएको अवस्थामा फेला परेको बताईको छ । त्यस्तै भद्रपुर नगरपालिका–६ मानपुरमा एक यवती मृत फेला परेकी छिन्..

आज मुस्लिम धर्मावलम्बीहरूले ईद मनाउँदै

२९ चैत । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा..

अर्जुनधारामा सहनशिल महिला साकोसको दुई दिने सहकारी शिक्षा तालिम सम्पन्न

२८ चैत, झापा । झापाको अर्जुनधारा–८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजित दुई दिने सहकारी शिक्षा तालिम कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई सहकारीका विभिन्न निती बारे जानकारी गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिनुभयो । सहजकर्ता बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहालले सहजिकरण गरेको तालिममा ५५ जना शेयर सदस्यको सहभागिता रहेको बताइएको छ..

लागुऔषध सहित काठमाडौँबाट दुई महिला पक्राउ

२८ चैत । प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन् । काठमाडौँ महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको..

दमकमा आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति

२८ चैत, झापा । झापाको दमकमा भएको आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको छ । प्रहरीको प्रारम्भिक क्षति संकलनबाट सो क्षति देखिएको हो । मंगलबार साँझ अन्दाजी साढे सात बजेको समयमा दमक नगरपालिका वडा न.५ लाईफलाईन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा संचालन गरेको स्नेहा होटलमा इन्भर्टरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको एकतले घर,..

राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक मकैखेतीमा आकर्षित हुँदै झापाका किसान

२७ चैत, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो..

छोराको उद्धारको पर्खाईमा बिर्तामोडका खनाल परिवार

२७ चैत, झापा । झापा बिर्तामोड –२ बेलडाँगी दक्षिण सुकुम्बासी वस्तीका २३ वर्षीय रविन खनालको तत्काल उद्धार गरिदिन परिवारले आग्रह गरेको छ । एक सातादेखि छोराले मानसिक सन्तुल गुमाएको भन्दै उनका बुबा भोगेन्द्र खनालले उद्धार गरिदिन आग्रह गरेका हुन् । दुई महिनाअघि साउदी अरवस्थित सफारी कम्पनी पुगेका खनाल चैत १८ गतेदखी मानसिक सन्तुलन गुमाएको उनका काका रेवती खनालले जानकारी दिए । मानसिक सन्तुलनमा समस्या आएपछि उनको रेखदेख साथीहरुले गरिरहेको बुझिएको..

कैलालीमा दिदीबहिनी मृत भेटिए

२७ चैत, धनगढी । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा..

बिर्तामोडमा मोटरसाइकल चेरेर लैजादै गरेको अवस्थामा युवक पक्राउ

२७ चैत, झापा । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले..

सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका राईको लडेर मृत्यु

२७ चैत, झापा । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका एक जनाको लडेर मृत्यु भएको छ । स्थानीय ५२ बर्षिय चेतबहादुर राई सिरिसको रुखमा घाँस झार्न चढ्दा आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट झरेर घाईते हुनुभएको थियो । घाईते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले घाईते राईलाई परिवारले जिम्मा बुझेर ल्याउदा घरमै सोही दिन राती साढे ८..