बिर्तामोडमा मोटरसाइकल चेरेर लैजादै गरेको अवस्थामा युवक पक्राउ

बिर्तामोडमा मोटरसाइकल चेरेर लैजादै गरेको अवस्थामा युवक पक्राउ

२७ चैत, झापा । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर