दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा दुई जना फेला

दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा दुई जना फेला

२९ चैत, झापा । झापाको दमक र भद्रपुरमा झुण्डीएको अवस्थामा एक–एक जना मृत फेला परेका छन् ।

झापा दमक नगरपालिका–९ स्थित चिया बगानमा झुण्डीएको अवस्थामा दमक–५ का गणेश अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उनको शव बिहिवार बिहान करिब पाउने ५ बजे चिया बारीको रुखमा झुण्डीएको अवस्थामा फेला परेको बताईको छ ।

त्यस्तै भद्रपुर नगरपालिका–६ मानपुरमा एक यवती मृत फेला परेकी छिन् । मोरङ बुढीगंगा घर भएकी २६ बर्षिया अरुणा शाह माईतिघरमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता चन्दले बताउनुभयो ।

गए राती पाउने १ बजे उनलाई झुण्डीएको अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

दुवै घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर