२७ चैत, झापा । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका एक जनाको लडेर मृत्यु भएको छ ।
स्थानीय ५२ बर्षिय चेतबहादुर राई सिरिसको रुखमा घाँस झार्न चढ्दा आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट झरेर घाईते हुनुभएको थियो ।
घाईते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले घाईते राईलाई परिवारले जिम्मा बुझेर ल्याउदा घरमै सोही दिन राती साढे ८ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।