भारत र नेपालका गोताखोर टोलीले पनि भेट्न सकेन त्रिशूलीमा खसेको बस र यात्रु

७ साउन, चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन् । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन् । भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न..

काँकडभिट्टाको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

७ साउन, झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात..

झापामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै

४ साउन, झापा । आर्थिक वर्ष २०८०–८१ मा झापामा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या धेरै रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा १८ हजार चार सय ६५ जनाले नागरिकता बनाउँदा २५ हजार सात सय २७ जनाले राहदानी बनाएका छन् । झापामा गत आर्थिक वर्षको साउनदेखि असोजसम्म सबैभन्दा धेरैले राहदानी बनाएको देखिन्छ । तीन महिनामा झापामा छ हजार सात सय ७१ जनाले..

झापामा सवारीसाधन कारबाहीबाट ३ करोड ८६ लाख राजस्व सङ्कलन

४ साउन, झापा । झापामा गत आर्थिक बर्ष २०८०।८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत आर्थिक वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक..

झापामा एक वर्षको अवधीमा सवारी दुर्घटनामा ८७ जनाको मृत्यु

४ साउन, झापा । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन..

बंगलादेशमा झन् भड्कियो आन्दोलन, मृत्यु हुनेको संख्या २५ पुग्यो

४ साउन, बीबीसी । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु..

नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता

३ साउन, काठमाण्डौँ । नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते (जुलाई २८) मा विद्युत व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत निर्यात हुने छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच..

कोशीमा लागुऔषध कारोबारीको संख्या बढ्दो

२ साउन, विराटनगर । सोमबार दिउँसो विराटनगर प्रवेश नाकाबाट प्रहरीले ४ जनालाई पक्राउ गर्याे । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद र्गयो । सोमबार नै प्रहरीले भद्रपुरस्थित मेची पुलबाट २७० मिलीग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार असार २० गते देखि ३० गते सम्म हरेक दिन ब्राउन सुगरसहित समातिएका छन् । असार २० गते विभिन्न जिल्लाबाट..

गुन्डा र लागु औषध तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा

२ साउन, काठमाण्डौँ । नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले नायब निरिक्षक(सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा दिएका छन् । प्रहरी नियमावलीअनुसार आईजीपी कुँवरले सन्जेलसहित १० जनालाई विशेष बढुवा दिएका हुन् । सई सन्जेल बरिष्ठ सईमा बढुवा भएका छन् । प्रहरी नियमावलीअनुसार हरेक वर्ष आईजीपीले सईसम्मका दर्जामा बढीमा १० जनालाई बढुवा गर्ने व्यवस्था रहेको छ । सन्जेल लागु औषध कारोबारी र गुन्डाहरुलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन् । सन्जेल यसअघि पनि..

आफ्नै छोराबुहारीले जङ्गलमा छाडेको वृद्धको उद्धार

२ साउन, मोरङ । मोरङको बेलबारी –७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् । उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी..