झापामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै

झापामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै


४ साउन, झापा । आर्थिक वर्ष २०८०–८१ मा झापामा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या धेरै रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा १८ हजार चार सय ६५ जनाले नागरिकता बनाउँदा २५ हजार सात सय २७ जनाले राहदानी बनाएका छन् ।

झापामा गत आर्थिक वर्षको साउनदेखि असोजसम्म सबैभन्दा धेरैले राहदानी बनाएको देखिन्छ । तीन महिनामा झापामा छ हजार सात सय ७१ जनाले नागरिकता बनाउँदा आठ हजार ६३ जनाले राहदानी बनाए ।

यसैगरी कात्तिक देखि पौषसम्मको त्रैमासिक तीन हजार चार सय ७४ जनाले नागरिकता बनाउँदा चार हजार आठ सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै मागदेखि चैत बीचको त्रैमासिकमा तीन हजार तीन सय ७८ जनाले नागरिकता बनाउँदा छ हजार पाँच सय २३ जनाले राहदानी बनाएको तथ्याङक छ ।

यस्तै आर्थिक वर्ष ०८०–०८१ के अन्तिम त्रैमासिक वैशाखदेखि असार मसान्तसम्ममा चार हजार आठ सय ४२ जनाले राहदानी बनाएका छन् । यस्तै छ हजार तीन सय पाँच जनाले नागरिकता बनाएका छन् ।

गत आर्थिक वर्षमा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या सात हजार दुई सय ६२ जना बढी भयो ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय झापाले राहदानी दस्तुर मार्फत मात्रै १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ संकलन गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर