आफूमाथी सामूहिक बलात्कार भएको भन्दै युवतीद्धारा उजुरी, दुई जना पक्राउ

आफूमाथी सामूहिक बलात्कार भएको भन्दै युवतीद्धारा उजुरी, दुई जना पक्राउ

१९ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा गत १४ गते एक युवती माथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेको छ ।

इटहरी उपमहानगरपालिका–११ स्थित सिमरबनामा मोरङ सुन्दरहरैचा–८ की १७ वर्षीया युवतीलाई ९ जना युवाले समूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो ।

सिमरबना चौकको एकान्त बगैचाको घारीमा आफूलाई ९ जना युवाहरूले सामुहीक रुपमा बलात्कार गरेको भन्दै पीडित युवती स्वयमले प्रहरीमा उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

९ जना मध्येको त्रिलोचन र अमितलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरिसकेको जनाएको छ । बाँकी आरोपितलाई खोजी गरिरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर