१३ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाका एक युवाले कुखुरा चोर पत्ता लगाउनेलाई रु २१ हजार रुपौँया पुरस्कार दिने घोषणा गरेका छन् । चुलाचुली ४ का युवा अभियान्ता कुमार राईले आफ्नो आमाले पालेको ७ वटा कुखुरा रातको समयमा चोरले चोरेर लगेपछि यस्तो घोषणा गरेका हुन् ।
उनले समाजिक संञ्जाल मार्फत आमाको कुखुरा चोर्ने चोरले भोली समाजमा ठुलो घटना घटाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्–‘चुलाचुली घमा मेरो आमाले पाल्नु भएको आठ वटा कुखुरा अगि राती चोरी भयेछ, कुखुरा चोर्नेले भोलि ठुलो घटना नघटनाउन भन्ने सकिन्न ? र यो चोरको सुराकी दिनेलाई रू २१००० उचित पुरस्कार दीने छु किन कि यस्तो चोर लाई बहेस्कार गरौ ।’