विशेष

गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको सरकारको स्वीकार
१५ जेठ, काठमाडौं । गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको सरकारले स्वीकार गरेको छ । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताए । संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताए । उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालु आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको उनले बताए ।..

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु
१५ जेठ । बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत छ । मन्त्रिपरिषदबाट बजेट स्वीकृत भएलगत्तै संसद्को संयुक्त बैठकमा पेस हुनेछ। ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दैछन् ।

यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको ‘टीओआर’
१५ जेठ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाइएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यादलको बैठकबाट मंगलबार त्यसलाई अन्तिम रूप दिइएको हो। प्रतिनिधिसभाको आज बस्ने बैठकबाट उक्त समिति बनाइने नेताहरूले बताएका छन् । कार्यादेशको पूर्णपाठ पढ्नोस्– पृष्ठभूमि : संघीय संसद्मा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलका प्रतिनिधिसभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा..

व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा आक्रोश बढेको छ- गगन थापा
१५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण । आज १७ औँ गणतन्त्र । व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष..

दलहरुबीच सहमति भएपछि सदनको गतिरोध अन्त्य
१५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबीच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र..

कांग्रेसले पत्रकार सम्मेलन गर्ने
१५ जेठ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति मंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार..

महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने
१५ जेठ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने..

भद्रपुरमा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने
१५ जेठ, झापा । झापामा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको निर्माणका लागि मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच सम्झौता भएको छ । क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण गरिने भएको हो । क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट..

शिवसताक्षीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
१५ जेठ, झापा । झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजेको समयमा शिवसताक्षी ९ मिलन चौकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२७च ११२१ नं को पिकअप गाडीले पैदलयात्री शिवसताक्षी नगरपालिका ९ बस्ने बर्ष ६०–६२ का पुत्रथाम राईलाई ठक्कर दिएको थियो । टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको मोबाइल गाडीद्वारा उद्दार गरी उपचारको लागि अस्पताल..

ग्वार्डिओला भन्छन्- युनाइटेडसँग हार्नुको सम्पूर्ण जिम्मेवारी मेरो
१५ जेठ । म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनलमा २–१ ले पराजित हुनुको सम्पूर्ण जिम्मेवारी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिएका छन्। ग्वार्डिओलाले पहिलो हाफमा आफ्नो खेल योजना राम्रो नभएको स्वीकार गरेक छन्। लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन डबल्स पूरा गर्ने लक्ष्यमा थियो। तर, वेम्बलीमा एलेजान्ड्रो गार्नाचो र कोबी माइनुले खेलको पहिलो हाफमै युनाइटेडलाई अग्रता दिलाए। दोस्रो हाफमा ग्वार्डिओलाले जेरेमी डोकुलाई मैदान भित्र्याएका थिए। विंगरले सान्त्वना गोल गरे।..