साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान

साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान

१५ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा कीर्तिमान बनाएका छन्। रियादमा रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले अल–इत्तिहादलाई ४–२ ले पराजित गरेको थियो। योसँगै उनले लिगमा गोल संख्या ३५ पुर्‍याएका छन्।

पहिलो हाफको अन्तिम सेकेन्डमा रोनाल्डोले मोहम्मद अल फातिलको लामो पासलाई गोलमा परिणत गरेका थिए। खेल सकिन २१ मिनेट बाँकी छँदा मार्सेलो ब्रोजोभिकले कर्नरबाट दिएको बललाई गोल गर्दै पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले कीर्तिमान कायम गरे। त्यसको पाँच मिनेटपछि  मैदानबाट बाहिरिएका उनलाई घरेलु समर्थकले स्ट्यान्डिङ ओभेसन दिएका थिए।

यस सिजन उनले लिगमा ४ ह्याट्रिक गरे भने एक रातो कार्ड पाए। लामो समयदेखिको फुटबल प्रतिद्वन्द्वी लियोनल मेसीको समर्थन गर्दै अल–शबाबका समर्थकले नारा लगाउँदा अश्लिल हाउभाउ गरेको भन्दै रोनाल्डोलाई गत फेब्रुअरीमा निलम्बन गरिएको थियो।

अल नासर स्थानीय प्रतिद्वन्द्वी अल–हिलालभन्दा १४ अंकले पछि पर्दै लिगको दोस्रो स्थानमा रह्यो। हिलालले दुई हप्ताअघि च्याम्पियनशिप जितेको थियो र सोमबार अपराजित रहँदै ३४ राउन्डको लिग पूरा गरेको थियो।

गत अगस्टमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्लबमा प्रवेश गरेका नेयमारबिना पनि हिलाल निकै बलियो देखिएको छ। नेयमार गत अक्टोबरमा  एसिएलको चोटका कारण घाइते भएका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270