कृषि अनुदानलाई हटाएर व्याजमा अनुदान व्यवस्था गरिने कृषि मन्त्री हाङगामको भनाई

६ पौष, झापा । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिहं हाङगामले गत आर्थिक वर्षसम्म प्रदान गरिदैं आएको कृषि अनुदानलाई हटाएर चालू आर्थिक वर्षदेखि व्याजमा अनुदान व्यवस्था गरिएको बताउनुभएको छ । झापाको दमकस्थित दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री हाङगामले बालबालिकालाई दुध सेवन गराएर कार्यक्रमको उद्घाटन गर्दे सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकारले..

दुई दलीय सहकार्य जारी राख्नुपर्ने प्रर्वमुख्यमन्त्री थापाको भनाई

३ पौष, झापा । कोशी प्रदेशका प्रर्वमुख्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ–नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुई दलीय स्पीड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो ।..

इलामको माङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

२ पौष, झापा । इलामको माङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय..

इलामको माईमा परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु

२ पौष, इलाम । इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो । गएराति ९.४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो । घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी..

रैथाने धानको संरक्षण गर्न झापाको शिवसताक्षीमा नुनिया धान पकेट क्षेत्र घोषणा

२ पौष, झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । नगरपालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य..

झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत

१ पौष, झापा । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को..

सरकारी दमक अस्पतालमा जटिल विरामीका लागि आइसीयू विस्तार गरिने

२९ मंसिर, झापा । झापाको दमक–१ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ । दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल, लायन्स अगुवाको हस्ताक्षार छ । दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव..

आजका लागि विदेशी मुद्राको विनिमय दर; अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ..

पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा..

झापामा यसवर्ष नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

२९ मंसिर, झापा । झापामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।..