पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित

पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित (आधा आधा कार्यकाल आलोपाले) हुनुभएको छ ।

यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसक्नुभएको थियो । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गर्नुभयो ।

महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।

पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270