विशेष

इलामको पाटेनागीमा भेटियो दुर्लभ चस्मे उलुक
९ मंसिर, इलाम । इलाममा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ । इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक फेला परेको हो । वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् । इलामबाट पाटेनागीको मुख्य पर्यटकीय क्षेत्र जाने बाटैमा खरेलले यो चराको तस्बिर खिचेका हुन् । उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् ।..

चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश
९ मंसिर, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीले आज कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । स्वर्गिय एमाले नेता सुवासचन्द्र नेम्वाङ्को निर्वाचन क्षेत्र रहेको चुलाचुलीमा उपनिर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । केही समय आगाडी नै गर्ने भनिएको कार्यक्रम विविध कारण हुन सकेको थिए । त्यसलाई समय मिलाएर आज..

प्रभाईभेट कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दै पूर्ब राजा ज्ञानेन्द्र
९ मंसिर, झापा । पूर्ब राजा ज्ञानेन्द्र शाहले बिर्तामोड १ को एक कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । कलेज परिसरमा तयार पारिएको शाहको सालिक आज दिउँसो पूर्बराज ज्ञानेन्द्रले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । सो समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभाागी बनेका थिए । कलेज परिसरमा तयार पारिएको शालिक अनावरण कार्यक्रमका लागि पूर्व राजा शाह..

अध्यादेश मार्फत कोशीको नयाँ बजेट, ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक पेश
९ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५०..

गैरकानूनी हर्कत काठमाडौंमा नचल्ने प्रजिअ जितेन्द्र बस्नेतको चेतावनी
८ मसिर, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताएका हुन् । उनले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रवन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरुसँग छलफल..

‘मरेको प्रेत’ सरहको राजतन्त्र फेरि फर्कन सक्दैनः केपि ओली
८ मसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरेका हन् । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म शाशन गर्दा नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे । ‘उनले भने..

इलामका चिया कृषकहरु मलको अभाव झेल्दै, मूल्यको पनि उस्तै समस्या
७ मंसिर, इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा अर्गानिक चिया कृषकलाई मलको अभाव र मूल्यमै समस्या छ । यसले गरेर कृषक मार्कामा परेको उनिहरुको गुनासो छ । हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानले आफू खुसी मूल्य तोकिदिने गरेको कारण समस्या भएको हो । चियालाई आवश्यक पर्ने अर्गानिक मलको अभाव र हरियो चियापत्तिको मूल्यमा अन्तर भएको भएको हो । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार नगरेको सरोकारवाला..

पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आए
७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैं–तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पूजाआराधना गर्न उपयुक्त मानिने र..

उच्च अदालतका नवनियुक्त ६ जना मुख्य न्यायाधीशद्धरा आज शपथ ग्रहण
७ मंसिर, काठमाण्डौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए..

आफ्नै वडासदस्यलाई जातीय विभेद गर्ने वडाध्यक्षलाई दोब्बर कैद र जरिवाना फैसला
७ मंसिर, कास्की । आफ्नै वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले ३ महिना कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ । आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८अनुसार ३ महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना..