कोशीका मन्त्रीहरुलाई जिम्मेवारी दिईयोः कानुन मन्त्रीमा इलामका शमशेर राई

१७ मंसिर, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास..

संघीयता पछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदै

१६ मंसिर, बुटवल । मुलुकको प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदैछ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ..

एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनीले किन्यो

१६ मंसिर, काठमाण्डौँ । एनसेलको माउ कम्पनी मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको जनाएको छ । बुधबार मात्रै एनसेलको स्वामित्वमा रहेको ८० प्रतिशत शेयर बेचेर नेपालबाट निस्किने निर्णय गरेको आजियाटाले आज एक बेलायती कम्पनीलाई शेयर बेचेको हो । आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको हो । सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग रेनोल्ड कम्पनीबाट १ खर्ब ४३ अर्बमा किनेर नेपाल भित्रिएको आजियाटाले साढे..

काँकडभिट्टा नाकाबाट तीन महिनामा निर्यात भन्दा पाँच गुणा धेरै तरकारी आयात

११ मंसिर, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२..

कोशी प्रदेशमा आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

१० मंसिर, विराटनगर । कोशी प्रदेशसभाको आज आइतबार बसेको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । सोमबारदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले गत भदौ २३ गते ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि वर्तमान..

इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला सुरु

१० मंसिर, इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्र्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला आजबाट सुरु भएको हो । मेलाको पहिलो दिन आज बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ । धाम आसपासमा अस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल..

माईमा एमालेको सम्मान कार्यक्रम सम्पन्नः ८ सय ६३ जना ज्येष्ठ नागरीक सम्मानित

१० मंसिर, इलाम । नेकपा एमाले माई नगर कमिटीले देउसी भैलो तथा विभिन्न चाड पर्बको शुभकामना आदन प्रदान तथा जागरण सम्मान कार्यक्रम एवंम माई नगर कमिटी कार्यालय निर्माण अभियानको आज समापन गरेको छ । समापन कार्यक्रमका अबसरमा ज्येष्ठ नागरिक सम्मान, जग्गादाता सम्मान, खेलाडी सम्मान सहित शुभकामना आदन–प्रदान गरिएको हो । गत कार्तिक २६ गते देखि माई नगरका वडा वडामा देउसी कार्यक्रम सहित ज्येष्ठ सम्मान कार्यक्रम सन्चालन गरिएको थियो । सम्मान..

सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि मानहुँकोटका होटल खचाखच

१० मंसिर, तनहुँ । सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्याेदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको..

सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने

१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..

सन्दकपुरको माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु

९ मङसिर,  इलाम । इलामको पर्यटकीय गाउँपालिका  सन्दकपुर ४ को माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु भएको छ । स्वास्थ्य चौकीको प्रदेश प्रमुख परशुराम खापुङले सिलान्यस गरेका थिए । सन्दकपुर गाउँपालिका अध्यक्ष, तुलाराम गुरुङको अध्यक्षतामा भएको भवन सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, वडानम्बर २ का अध्यक्ष सनम राइ, कार्यपालिका सदस्य नरमाया थेवे, छत्र दियाली लगायतको उपस्थिति रहेको थियो । रु..