विशेष

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’
४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट दर्ता
४ मंसिर, काठमाण्डौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वाेच्च अदालतमा अर्काे पनि रिट दर्ता भएको छ । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ । त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि..

झापामा आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या
४ मंसिर, झापा । झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारीका ४१ बर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गए राति अकस्मात खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती,..

एमालेका दुई जना संघीय सांसद कोशी प्रदेश कमिटीको विभागीय प्रमुख बने
४ मंसिर, विराटनगर । नेकपा एमालेका दुई जना संघीय सांसद प्रदेश कमिटीको विभागीय प्रमुख बनेका छन् । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बु कोशी प्रदेश कमिटीको कोष तथा वित्त विभागको प्रमुख भएका छन् । कोशी प्रदेश अधिवेशनबाट सर्वाधिक मतसहित विजयी भएका साँवालाई पहिलो बैठकले कोष व्यवस्थापनको जिम्मा दिएको हो । उनी एमालेनिकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य सोनाम..

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध आज सर्वाेच्चमा सुनुवाइ नहुने
४ मंसिर, काठमाण्डौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वाेच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालतका एक अधिकारीले जानकारी दिए । २७..

छठ पर्वका लागि दमकमा तीन सय घाट निर्माण
३ मंसिर, झापा । छठ पर्वका लागि दमकमा यसवर्ष करिव तीन सय पूजास्थल घाट निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष झापामा दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा..

मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाई आमनेसामने हुदैँ
३ मंसिर, काठमाण्डौँ । कुनैवेला आँफैले पार्टीको केन्द्रीय सदस्य नियुक्त गरेका दुर्गा प्रसाईं अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि टाउको दुखाई बनेका छन् । पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न चाहेका प्रसाईं पार्टीको नेतृत्व पँक्तिबाट नै विरोध भएपछि उनी सफल भएनन् । तर, महाधिवेशन सम्पन्न भएको महिना दिन बित्न नपाउँदै अध्यक्ष ओलीले प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । एमालेको केन्द्रीय सदस्य बनेका प्रसाईंले अध्यक्ष ओलीको गुणगान निकै गाए..

भूकम्प प्रभावितहरूको पुननिर्माणमा सहयोग गर्न एमालेको स्वयंसेवक टोली कर्णालीतर्फ
३ मंसिर, काठमाण्डौँ । भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ । कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो । केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए..

महेश बस्नेतको चेतावनीः युवा संघ र अखिल के हो ? ७ गते देखाईदिन्छौँ
३ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् । भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ । अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए । ‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं । हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको..

भूकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाका लागि १५ करोड आर्थिक सहयोग
३ मंसिर, काठमाण्डौँ । गत कात्र्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनस्र्थापनाका..