श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैनः मुख्यमन्त्री कार्की

२ पौष, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि शीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् । श्रमिकको सम्मान नरहेकोले नेपाल पछाडि परेको भन्दै कार्कीले कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक रहेको बताए । मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र..

एकै दिन सर्वाधिक विद्यार्थीलाई दिक्षित गरेको विश्वकिर्तिमान त्रिभुवन विश्वविद्यालयलाई

२ पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक संख्यामा विद्यार्थीहरूलाई दिक्षित गरेको विश्वकिर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीता थियो । त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकिर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे । त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर..

विश्वविद्यालयमा हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँः प्रधानमन्त्री प्रचण्ड

२ पौष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए । उनले भने, ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ । तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो..

इलामको माइजोगमाई गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सुरु

२ पौष, इलाम । इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको छ । नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु गरेको गाउँपालिका अध्यक्षको स्वकिय सचिव मनोज लिम्बूले बताए । आतबार माईजोगमाई गाउँपालिका-४ नेपाल ज्योति माध्यमिक विद्यालय नामसालिङमा शिविर संचालन भएको छ..

विद्युत प्राधिकरणले निर्माण कम्पनिसंग त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का तोड्यो

२ पौष, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । इन्जिनियरिङ, खरिद तथा..

बलेनलाई प्रचण्डको जवाफः बोलेर हिँडिहाल्नेसँग मलाई पनि इरिटेसन हुन्छ

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवशरमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’..

राष्ट्रियसभा निर्वाचनका लाागि पाँच दलले दिए निवेदन

२५ मंसिर, काठमाण्डौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल..

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैनः उपसभामुख मगर

२५ मंसिर, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छिन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने..

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

मंसिर २४,काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

मोरङमा खुल्यो एक अर्ब लगानीमा नयाँ उद्योग

मंसिर २४, विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्बको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै..