स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश

स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश


२६ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ ।

लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो । यसअघि सर्वाेच्चले निर्वाचन नरोक्न अन्तरिम अल्पकालीन आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो ।

स्काउटको निर्वाचन भोलीका लागि तय भएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि सरकारले तत्कालका लागि स्थगीत गर्ने निर्णय गरेको थियो । स्काउटमा लामो समयदेखि विवाद देखिँदै आएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले लामो समयदेखि समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएका छन् ।

त्यसअघि नै सर्वाेच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै निर्वाचन स्थगित गरिएको थियो । रिटको टुंगो लागेपछि मात्रै निर्वाचनको नयाँ मिति घोषणा गर्ने सरकारले भनेको थियो ।

तर निर्वाचन रोकिएको भन्दै भण्डारी समयमै निर्वाचन गराउन माग गरेर सर्वाेच्च गएका थिए । उनको रिटमा सुनुवाइ गर्दैै सर्वाेच्चले प्रधानमन्त्री कार्यालय र निर्वाचन समितिको निर्णय मगाउने आदेश दिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर