लघुवित्तमा महिलाको सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा प्रभाव पार्छंः अर्थामन्त्री महत

५ फागुन, काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । उनले भने,..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

नेपाल मेडिकल कलेजले माग गर्याे भारी मात्रामा विशेषज्ञ चिकित्सक

५ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग..

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

५ फागुन, रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ..

इलाममा नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिनेलाई ५० हजारका दरले जरिवाना

५ फागुन, इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्याेदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए । जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो,..

२४ घण्टाको समयभित्र प्रकाश ज्वालालाई बर्खास्त नगराए संसद अबरुद्ध गर्ने धम्की

५ फागुन, काठमाडौँ । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि..

‘जसपा’ले पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै

५ फागुन, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् । सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका..

उच्च शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”,..

दमकका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

२९ माघ,  काठमाण्डौ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो। पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष..

पत्रकार महासंघको कार्यक्रममा सभामुख र सन्चारमन्त्री सहभागी नहुने

२८ माघ, काठमाडौं ।नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले आज गर्ने भनेको 'अग्रज अनुहार' पुस्तक बिमोचन कार्यक्रम प्रभावित हुने भएको छ । सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवा: पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेसँगै कार्यक्रम प्रभावित हुने भएको हो । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत..

रोङ गाउँँपालिकामा अभिभावकहरुलाई पढाउन सुरु

२६ माघ, इलाम । इलामको रोङ गाउँँपालिकाले अभिभावकहरुलाई पढाउन सुरु गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको हो शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । “सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला र दुई सय ९५ पुरुष सहभागी हुनुभयो”, स्याङ्बोले भने,..