‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)

‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)

२६ माघ, काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेका छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् ।

भिडियो-

प्रतिक्रिया:

सम्बन्धित खवर