सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु

सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु


२६ माघ, इलाम । हिमपातले अवरुद्ध भएको इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु गरिएको छ । पाँचदिनको निरन्तर प्रयास पछि हिमपात र हावाहुरीले ढलेका पोल र चुडिएका तारहरुको मर्मत गरि विद्युत सेवा सुचारु गरिएको हो ।

प्रदेश प्रमुख पर्यटकीय गन्तव्य इलामको सबैभन्दा उच्च भागमा हिमपात र हावाहुरीका कारण विद्युतका तार र पोलहरु ढलेका थिए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले सन्दकपुर गाउपालिकाको पर्यटकीय स्थल सन्दकपुर, कालपोखरी, गैरीबास क्षेत्रमा मर्मत गरि अबरुद्ध भएको बिद्युत प्रसारण सुचारु भएको विद्युत प्राविधिक दुर्गा पाठकले बताए ।

विद्युत प्रशारण लाइन सुचारु गर्नका लागि शसस्त्र प्रहरी बल बिओपी कालपोखरी, अस्थायी प्रहरी चौकी कालपोखरी र स्थानियबासीले सहयोग गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर