३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजन भएको छ।
डा बाबुरामको सहमतिबिना नै पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि पार्टी फुटेको हो।
माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ।
दल एकताका प्रक्रिया टुंग्याउन माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल पनि गठन गरेको छ।