इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने

इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने

३ चैत, पाँचथर । लोपन्मुख वन्यजन्तु तथा जडिबुट्टि पाइने सुकेपोखरी लोहाकील क्षेत्र बिगत १५ बर्षदेखि सुर्याेदय स्थल, गुराँस क्षेत्र र हिउ खेल्ने प्रमुख क्षेत्र भएको छ । मौसम अनुसार त्यहाँबाट हिमाल, अन्य पहाडहरु तथा तराईका मनमोहक दृश्यवालोकन गर्न सकिने थलोको रुपमा परिचित भएको छ ।

इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्र पर्यटकीय हव बनाउन लागिएको हो । इलाम नगरपालिका ३ नम्बर वडा र पाँचथर जिल्लाको फिदिम नगरपालिका १४ नम्बर वडा तथा फाल्गुनन्द गाँउपालिकाको ३ नम्बर वडाको संगम स्थल पर्दछ । त्यस क्षेत्रमा मौसम अनुसार आन्तरिक तथा बाह्रय पर्यटक पुग्ने गरेकाछन् । त्यस स्थानमा बिगत बर्षहरुबाटै नगरले योजनाहरु सञ्चालन गरेर नगरकै पर्यटकीय हव बनाउन अभियान तीव्र गतिमा भइरहेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

त्यस स्थानमा रहेको सुकेपोखरी स्थल ब्यवस्थित बनाउने कार्य भएको छ । त्यसै स्थान पुग्ने मेची राजमार्गदेखि पाँच किलोमिटर सडक स्तरोन्नति गरिएको छ । भ्यु प्वाइट, प्रतिक्षालय, होम स्टे र पदमार्ग समेत बनेकाछन् । संघीय सरकारले केचना कन्चनञ्जङ्गा मार्ग नाममा पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ । प्रदेस सरकारबाट फाल्गुनन्द सर्किट मार्ग बनाउँदै फिदिम बजारबाट लालिखर्क, दबेकुटी, सिलौटी हुँदै सुकेपोखरी लोहाकिल मार्ग पूर्वाधार निर्माण भइरहेको नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए ।

फिदिम नगरपालिका, फाल्गुनन्द गाँउपालिका र इलाम नगरपालिकाबाट पर्यटकीय हव बनाउन हरेक वर्ष बजेट विनियोजन गरी पर्यटन पुर्वाधारको काम गरिरहेका छन् । होम स्टेसँगै आर्गानिक खानेकुरा पाइने त्यस स्थानमा हिउँ परेको समय, गुरास फुलेको समय र मौसम खुलेको समय आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहलबाट स्थानीयबासीको राम्रो आयआर्जन हुने वडा अध्यक्ष राजकुमार नेम्बाङले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270