बिर्तामोडमा सप्तक संगीत विद्यालयको आयोजनामा वसन्तोत्सव कार्यक्रम हुँदै

बिर्तामोडमा सप्तक संगीत विद्यालयको आयोजनामा वसन्तोत्सव कार्यक्रम हुँदै

३ चैत, बिर्तामोड । झापाको बिर्तामोड– ५ एकताटोलस्थित सप्तक संगीत विद्यालयको आयोजनामा वसन्तोत्सव कार्यक्रमको तयारी गरिएको छ ।

गीत संगीतको विकास र पवद्र्धनमा समर्पित सप्तक संगीत विद्यालयको आयोजनामा आगामी चैत्र ५ गते शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम गरिने भएको सप्तक संगीत विद्यालयका संस्थापक, प्रशिक्षक एवं अध्यक्ष सरोज वत्सले बताए ।

बिर्तामोड सिटीसेन्टरको साईपार्टीप्यालेसमा हुने कार्यक्रममा नेपाली संगीतको विश्व प्रख्यात व्याण्ड सुकर्मको विशेष प्रस्तुतिका साथै अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति रहने उनले बताए ।

कार्यक्रममा प्रख्यात भजन गायक धर्मदास बुढाथोकीको विशेष भजन गायन,प्रख्यात नृत्याङ्गाना सुजता बरालको कथक नृत्यको प्रस्तुतिसहित सप्तक संगीत विद्यालयका गुरु,गुरुआमा,सिनियर विद्यार्थीको सांगीतिक प्रस्तुति समेत रहने उनले बताए ।

सोही कार्यक्रममा सप्तक संगीत विद्यालयको प्रस्तुतिमा सप्तक संगीत विद्यालयकी विद्यार्थी तथा इण्डीयन आइडलमा टप टेनमा पुग्न सफल गायिका मेनुका पौडेल तथा सप्तक संगीत विद्यालयका विद्यार्थी एवम् कलाकारहरुद्वारा गाइएका गीतहरु‌को अडियो भिडियो रिलिज गरिने र सप्तक संगीत विद्यालयका अभिभावक बरिष्ठ साहित्यकार मारवाडी भाषाका कवि सत्यनारायण तायलद्वारा लिखित मारवाडी भाषाको पहिलो राष्ट्र गीतको रिलिज गरिने सप्तक संगीत विद्यालयका संरक्षक एवं मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक डा.कुमार सुवेदीले बताए ।

सोही कार्यक्रममा सुकर्म ब्याण्डका संस्थापक एवम् त्रिभुवन विश्व विद्यालय संगीत विभाग अध्यक्ष वरिष्ठ सितार वादक प्रोफेसर डा. ध्रुवेश चन्द्र रेग्मीलाई विशेष सम्मान गरिनुका साथै सप्तक संगीत विद्यालयका विशिष्ट अभिभावक तथा सप्तक संगीत विद्यालयमा संगीत सिकेर विभिन्न साँगीतिक प्रतियोगितामा भाग लिएर पुरस्कृत हुने विद्यार्थीलाई समेत सम्मान गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सप्तक संगीत विद्यालयद्वारा बालबालिकासंग सप्तक कार्यक्रम अन्तर्गत आयोजित १५ दिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रमको समापन गरी उनीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै कार्यक्रममा निःशुल्क संगीत प्रशिक्षण लिएका विद्यार्थीको सांगीतिक प्रस्तुति समेत गरिने सप्तक संगीत विद्यालयकी संगीत प्रशिक्षक संजीवनी पोड्यालले जानकारी दिइन् ।

सप्तक संगीत विद्यालयको आयोजनामा झापामै पहिलो पटक शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रमको आयोजना गरिएकाले कार्यक्रममा सहभागी हुन सप्तक संगीत विद्यालयका संस्थापक, प्रशिक्षक एवं अध्यक्ष सरोज वत्सले सवैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270