नेपालको जलविद्युत र मल उत्पादनमा लगानी गर्न अर्थमन्त्री पुनद्वरा रुसलाई आग्रह

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँगको भेटमा अर्थमन्त्री पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भने । सरकारले स्वदेशमै रासायनिक मल कारखाना..

साढे सात लाख रुपैयाँ लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ

७ चैत, काठमाडौँ ।  लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।

इलाम-२ उपनिर्वाचनका लागि कांग्रेसद्वारा सात जनाको नाम सिफारिस

७ चैत, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । इलाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले दिएको जानकारीअनुसार बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिंगोका अनुसार..

‘रास्वपा’ ले इलाममा उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने

७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ। रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो। जसअन्तर्गत चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्। ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ। ⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ। १५ गते..

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै

७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क तीन दिनदेखि नेपालमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा उनी चार दिवसीय भ्रमणका लागि सोमबार आएका हुन् । विश्व क्रिकेटको सर्वाेच्च संस्था आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । क्यानले धेरै समयदेखि उनलाई नेपालमा ल्याउन प्रयास गरिरहेको थियो । पटक–पटक आग्रह गरिएपछि बार्कले समय मिलाउन सकेका थिएनन् । पछिल्लो पटक भारतको विश्वकपपछि नेपाल आउने उनले..

रविमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

७ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्। उनले भनिन्– कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर..

गृहमन्त्री रविलाई नैतिकता देखाउन कांग्रेस सांसद राजु थापाको आग्रह

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै विपक्षीमा हुँदा होस् या सञ्चारकर्मी हुँदा धेरै नैतिकताको प्रश्न उठाएकाले अहिले अहिले आफूले पनि देखाउन आग्रह गरे। उनले भने– उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतर्फ तेर्सिएको छ। कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका..

आगामी दुई टी–२० सिरिजका लागी नेपाली क्रिकेट टोलीको घोषणा

७ चैत । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपाली टोलीः रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल..

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ

७ चैत, झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले..

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

७ चैत, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छन् । प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि चैत १ गतेदेखि छलफल सुरु भएको थियो । अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि..