सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद

७ चैत, सुनसरी । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको..

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भने भागेर बाँचे

७ चैत, मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।..

इजाजत दिइएका हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

६ चैत,  काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । सोमबार सर्वाेच्च अदालत परिसरबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेका थिए । हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको..

स्टार स्ट्राइकर लिओनल मेसीले चोटका कारण दुई खेल गुमाउने

६ चैत । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले एल साल्भाडोर र कोस्टारिकाविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। कोनकाकाफ च्याम्पियन्स कपमा गत साता नाशभिलमाथि इन्टर मियामीले ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा ह्यामस्ट्रिङको चोट बोकेपछि ३६ वर्षीय मेसीलाई दोस्रो हाफको शुरूमै प्रतिस्थापन गरिएको थियो। इन्टर मियामीका प्रशिक्षक जेरार्डाे मार्टिनोले खेलपछि मेसीको अवस्थाको मूल्यांकन गरिने बताएका छन्। मेसीलाई फिलाडेल्फियामा शनिबार एल साल्भाडोरविरुद्ध र त्यसको चार दिनपछि लस एन्जलसमा..

गृहमन्त्री रविमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन्ः ओली

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ । त्यसको जवाफमा ओलीले भने, ’गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन ।’ प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए..

कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न गृहमन्त्री रवि लामिछानेको चुनौती

६ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न चुनौती दिएका छन् । उनले आज संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो चुनौती दिएका हुन् । संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको लामिछानेले बताए । उनले भने, ‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म (राजीनामा..

रूसले माग्यो १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट

६ चैत । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ । रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट मागेको हो । मस्कोस्थित नेपाली दूतावासले रूसी विदेश मन्त्रालयको उक्त पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । परराष्ट्रले सम्बन्धित परिवारलाई डीएनए परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनिसकेको छ । “रूसले अनुरोध गरेअनुसार हामीले सम्बन्धित १५..

कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

६ चैत, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ । ‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै..

धनगढीका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्ति अस्पताल भर्ना

६ चैत, कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको बताएका व्यक्ति अस्पताल भर्ना भएका छन् । उनलाई विष सेवनपछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेको सीसीटीभी फुटेजमा देखिएको छ । उनले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा..

१६ वर्षपछि हत्या आरोपी पक्राउ

६ चैत, काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी सोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकार भनेको छ । २०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु..