विशेष

एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते
१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..

भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु
१० चैत, दमक । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको..

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
१० चैत । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो..

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक
१० चैत । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत..

नैतिकताको आधारमा गृहमन्त्रीेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन्ः शेखर कोइराला
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दाेष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने । सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।..

झिलझिलेमा भेट्रान कप फुटवल प्रतियोगिता हुने
१० चैत, झिलझिले । झापाको झिलझिलेमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । स्वर्गिय नवीन राईको स्मृतिमा दोस्रो संस्करणको भेट्रान प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि चैत १५ गतेदेखि २३ गतेसम्म झिलझिलेमा रहेको गणेशमानसिंह प्रतिष्ठान खेलमैदानमा हुँदैछ । प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरीका १० वटा टिमको सहभागिता रहने आयोजकले आज प्रत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगिताका लागि विदेशमा रहनुभएका खेलप्रेमी, पूर्वखेलाडी, समाजसेवी साथै..

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा, अवस्था गम्भीर
१० चैत । हिजो सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् । चिकित्सकले बस्याललाई बचाउन प्रयासरत रहेको आज ब्रिफिङ गरे..

झापाको कनकाईबाट लागुऔषधसहित एकजना पक्राउ
१० चैत, झापा । प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । बिहिवार राति ८ः४५ बजेको समयमा कनकाई–४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो । बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे.१० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो । उनले..

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे
१० चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको जानकारी दिए।हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। चैत्र ५ गते सोमबार..

रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु
१० चैत । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् । रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको छ। “शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।”