झिलझिलेमा भेट्रान कप फुटवल प्रतियोगिता हुने

झिलझिलेमा भेट्रान कप फुटवल प्रतियोगिता हुने


१० चैत, झिलझिले । झापाको झिलझिलेमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । स्वर्गिय नवीन राईको स्मृतिमा दोस्रो संस्करणको भेट्रान प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता यहि चैत १५ गतेदेखि २३ गतेसम्म झिलझिलेमा रहेको गणेशमानसिंह प्रतिष्ठान खेलमैदानमा हुँदैछ । प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरीका १० वटा टिमको सहभागिता रहने आयोजकले आज प्रत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

प्रतियोगिताका लागि विदेशमा रहनुभएका खेलप्रेमी, पूर्वखेलाडी, समाजसेवी साथै स्थानियहरुले आर्थिक सहयोग गरिरहेको प्रतियोगिताका आर्थिक संयोजक सन्तोष थेगिमले जानकारी दिनुभयो । उहाँले यस प्रतियोगिता सभ्य र भब्य रुपमा समापन गर्न आर्थिक सहयोग साथै भौतिक सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुभयो ।

प्रतियोगिताको बिजेताले ७१ हजार एक सय साथै ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेताले ४१ हजार एक सय साथै ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र स्ट्राइकरले जनही ३ हजार साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु ६ हजार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार पाउनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक रातो र रामधुली भेट्रान क्लब सुनसरीबिच हुने आयोजकले जनाएको छ । खेल चैत १५ गते गणेशमानसिंह प्रतिष्ठान खेलमैदान झिलझिलेमा १ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर