विशेष

भद्रपुरको मेचीपारि नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै
११ चैत, झापा । भद्रपुरको मेचीपारि गाउँ आसपासको नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । मेचीपारि नाकाबाट भन्सार छलेर दिनहुँ जसो सरसामान नेपाल भित्रिरहेको छ । मेचीपारि नाकाबाट तस्करी मौलाउँदा समेत त्यहाँ आसपास तैनाथ प्रहरी चौकी मेचीपारि, आपगाँछी प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महेशपुरका टोलीमाथि मिलेमतोको आशङ्का उब्जिएको छ । मेचीपारि नाकाबाट तस्कर समूहले भित्राउने सरसामान वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल..

सीआईबीका ४ इन्स्पेक्टर हटाइए
११ चैत । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ । सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो । ६०..

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै
११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..

आज एमाले सचिवालय बैठक
११ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।

रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार
११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए।..

विट्र्जले गरेको ७ सेकेन्डको कृतिमानी गोलमा जमर्नी बिजयी
११ चैत । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सलाई पराजित गरेको छ। ग्रुपमा स्टेडियममा शनिबार राति सम्पन्न खेलमा जर्मनीले घरेलु टोली फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा फ्लोरियन विट्र्ज र काई हाभर्टले गोल गरे। खेलको शुरू भएको ७ सेकेन्डमै जर्मनीले खेलमा अग्रता लिएको थियो। टोनी क्रुसको पासमा अट्याकिङ मिडफिल्डर विट्र्जले गोल गर्न सफल भए। योसँगै २० वर्षीय विट्र्ज जर्मनीको राष्ट्रिय टोलीबाट सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।..

१७ वर्षीय एन्ड्रिकको पहिलो अन्तर्राष्ट्रिय गोलमा ब्राजिल बिजयी
११ चैत । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलमा ब्राजिलले घरेलु टोली इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा एन्ड्रिकले गरेको गोल निर्णायक रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ७१औँ मिनेटम रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ९ मिनेटपछि नै ब्राजिलका लागि गोल गरे। उनले भिनिसियस जुनियरले दिएको पासलाई अफ साइड बिट गर्दै गोल गर्न सफल भएका थिए। १७..

खेलकुद मन्त्री श्रेष्ठले भने, ‘अहिले ट्रेलर मात्रै हो, फिल्म ८४ मा आउँछ’
१० चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे । अहिले आम नेपालीलाई ‘सर्भिस..

‘आईएस’ले लियो रुसको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी
१० चैत । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । आईएसले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै भनेको छ,..

बाह्रदशीमा टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यको पहिलो चरण काम पुरा
१० चैत, बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यले थालेको पहिलो चरणको काम पुरा गरेको छ । सबै वडामा कालोपत्रे सडक पुराउने पहिलो चरणको योजना सम्पन्न गरेको हो । बाह्रदशी गाउँपालिकाले सात वटै वडामा ५–५ सय मिटर कालोपत्रे गर्ने अघिल्लो वर्षको निर्णय कार्यान्वय गरेको छ । हरेक वडामा कालेपत्रे गर्ने कामका लागि ४०–४० लाख बजेट बिनियोजन गरिएको थियो । भर्खरै वडा नं.२ र ३ को सीमामा पर्ने..