भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु

भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु

१० चैत, दमक । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर