११ चैत । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ।
वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलमा ब्राजिलले घरेलु टोली इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो।
ब्राजिलको जितमा एन्ड्रिकले गरेको गोल निर्णायक रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तर, ७१औँ मिनेटम रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ९ मिनेटपछि नै ब्राजिलका लागि गोल गरे। उनले भिनिसियस जुनियरले दिएको पासलाई अफ साइड बिट गर्दै गोल गर्न सफल भएका थिए।
१७ वर्षीय एन्ड्रिकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उनले यसअघि ब्राजिलबाट २ खेल खेलेपनि गोल भने गर्न सकेका थिएनन्।