इलाम ट्राफिक प्रहरीको सक्रियता बढ्यो

इलाम ट्राफिक प्रहरीको सक्रियता बढ्यो

९ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडी सहित तिनपाङग्रे र मोटरसाइकलको गति मापन गर्नुका साथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो ।

पछिल्लो समय इलाममा सवारी दुर्घटना बढे पछी सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन,क्षमता भन्दा बढी यात्रु बोक्नु , तीब्र गति र साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बड्दै गएको छ ।

पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा तिब्र गतिमा चल्ने मोटरसाइकलको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ ।

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270