अर्थ

मौद्रिक नीति सार्वजनिकः कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था
२ श्रवण, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था गरेको छ । नीतिले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज तिर्ने समय अवधि थप भएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै कर्जा भुक्तानी अवधिको म्याद थप..

मेची भन्सारद्धारा लक्ष्य भन्दा ३६ दशमल ८८ प्रतिशत कम राजस्व संकलन
१ श्रवाण, झापा । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको छ । नेपाल सरकारले २०७६ चैत्र १६ गते काँकरभिट्टा नाका भएर आयात हुने यी वस्तुको आयात प्रतिवन्ध गरेसँगै प्रदेश–१ मा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ । भन्सार अधिकारीहरका अनुसार भन्सार कार्यालय गत आर्थिक वर्ष २०७६÷०७७..

असार मसान्तसम्म शनिवार पनि बैंक खुल्ने
२७ असार, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि आज बैंक बन्द नहुने भएको हो । सधैको जस्तै कार्यालय समयमा बैंक खुल्ने जनाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो..

निजि विद्यालयले शुल्क माग्न थाल्यो, विद्यार्थी संगठन र अभिभावकको विरोध
८ असार, काठमाण्डौँ । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्काेतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्य ालयहरुले शुल् कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो । संस्थागत विद्यालयहरुबाट राज्यले सामान्य अवस्था कर असुल..

कोरोना कहरः आर्थिक व्यवस्था डामाडोल, पर्यटन र शिक्षा क्षेत्र चौपट
८ असार, काठमाण्डौँ । कोरोना महामारीका कारण विश्वमा लाखौंको रोजगारी गुमेको छ । नेपालको संर्दभमा विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु धेरै प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब नै पाएका छैनन् । कतिपयको रोजगारी नै गुमेको छ । पर्यटन व्यवसायको कारोवार पनि फाल्गुन महिना यता शुन्य जस्तै छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौं मानिसको रोजगारी गुमेको..

प्रदेश–१ ले ल्यायो ४० अर्ब ८९ करोड ९९ लाखको बजेट
१ आश्विन, विराटनगर । प्रदेश–१ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तिय..

लकडाउन खुलेको एक महिनासम्म कर बुझाउने व्यवस्था मिलाउन सर्वाेच्चको अन्तरिम आदेश
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कर तिर्न भन्दै जारी गरेको मितिलाई कार्यंन्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नेपाल सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार सर्वाेच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वाेच्चको आदेशमा भनिएको..

पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक मन्त्रीकाका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ ।..

बजेट खर्चमा दोस्रो पटक पनि असफल भए अर्थमन्त्री
२३ जेष्ठ, इलाम । डा. युवराज खतिवडा देशको अर्थमन्त्री बनेर मन्त्रालय सम्हाल्न आए लगतै देशको कमजोर अर्थतन्त्रको अवस्था श्वेतपत्र मार्फत सार्वजनिक गर्नुभयो । कमजोरी मात्र सुनाएका उहाँबाट अब अर्थतन्त्र सुध्रने धेरैले आश गरे । वर्षाैँ देखि बजेट कार्यान्वय नहुने समस्यालाई उनले सुधार्ने अपेक्षा थियोे । तर आफूले बनाएको बजेट खर्चमा उहाँ दोस्रो पटक पनि चुक्नुभयो । झन् यसपटक त कोरोनाले विकास गतिविधि प्रभावित हुँदा झण्डै आधा जति बजेट खर्च नहुने..

गोलिया काठको निकासी खुलाउन राष्ट्रिय वन पैदावर संघको माग
२३ जेष्ठ, इलाम । गोलीया ब्यवसायीहरुको छाता संगठन राष्ट्रिय वन पैदावर ब्यवसायी संघ केन्द्रिय कार्यालय इलामले आज प्रदेश १ का मुख्यमन्त्रीको कार्यलय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा गोलीया निकासी खुलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । प्रदेश–१ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर राना र प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण)मार्फत संघले मुख्यमन्त्री कार्यालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र पठाउँदै..