प्रहरीसंग भिड्न तयार भएर आजदेखि व्यवसायमा फर्कन्छौः उद्योगी–व्यवसायी

२२ जेष्ठ, काठमाण्डौँ । उद्योगी व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् । पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा बजार पसलहरु खोल्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान समेत गर्नुभएको छ । उहाँले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गर्नुभएको छ..

कर बुझाउने म्याद ७ असार सम्मका लागि थप

२१ जेष्ठ, काठमाण्डौँ । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । यसअघि २५ जेठसम्म तिर्नुपर्ने गरी आन्तरिक राजश्व विभागले सुचना जारी गरेकोमा आज फेरि डिजिटल सुचनामार्फत म्याद थपेको हो । नयाँ म्याद अनुसार ७ असारभित्र मूल्य अभिवृद्धि कर र अन्तशुल्क तिर्नुपर्ने भनेको छ । देशमा लकडाउन भइरहँदा २५ जेठभित्र कर तिर्न सुचना जारी गरेपछि धेरैले हाँस्यास्पद भनेका थिए । नेपाली काँग्रेसले कर नतिरी भद्र अवज्ञा गर्न आव्हान समेत..

कर तिर्ने म्याद असोज मसान्तसम्म कायम गर्न प्रदेश–१ का उद्योगी व्यवसायीको माग

२१ जेष्ठ, विराटनगर । उद्योग वाणिज्य महासंघ प्रदेश १ ले लकडाउनले कोरोनाको उपचार नगर्ने भन्दै खुकुलो बनाउन माग गरेको छ । प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष नरेन्द्रकुमार खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अब कोरोना भाइरसबाट भाग्न नसकिने भएकोले कोरोनाबाट सुरक्षित हुंदै आफ्नो व्यापार व्यवसायलाई चलायमान गर्नुको अर्काे विकल्प नभएको बताएको हो । महासंघले देश लकडाउन भएको अवस्थामा उद्योगी व्यवसायीहरुसंग तोकिएको समयभित्र आर्थिक वर्षको तेश्रो त्रैमासिकको कर विवरण, मुअकर, किस्ता,..

शनिबार देखि बजार खोल्ने झापाका उद्योगी व्यवसायीको निर्णय

२१ जेष्ठ, झापा । झापाका उद्योग व्यवसायीले लकडाउनका बेला बजार खोल्ने निर्णय गरेका छन् । मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा हिजो जिल्लाका सबै उद्योग वाणिज्य संघहरूसँग गरेको बैठकले ६ बुँदे निर्णय गर्दै जेठ २४ देखि जिल्लाका सबै बजार खोल्ने निर्णय गरेका छन् । बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध..

बजेट पुर्णत श्रमिक केन्द्रित रहेको अर्थमन्त्रीको भनाई, १६६ नम्बर बुँदामा बहस सुरु

१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पुर्णत श्रमिक केन्द्रित रहेको प्रष्ट पार्नुभएको छ । आर्थिक बर्ष २०७७/७८ को बजेटबारे जानकारी दिन आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो । ‘यो बजेट पूर्णत श्रमिक केन्द्रित छ, यतिधेरै श्रमिक लक्षित यो इतिहासकै पहिलो बजेट हो,’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले रोजगारी सिर्जना गरी श्रमिकको हितमा काम गर्नमै बजेट केन्द्रित रहेको बताउनुभयो ।..

कुन क्षेत्रमा बढ्यो ? कुन क्षेत्रमा घट्यो बजेट ?

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको छ । बिहीबार(आज) अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गर्नुभएको थियो । अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो । यसपाली कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम..

चालु वर्षभन्दा ५८ अर्ब कम बजेट, नयाँ कर्मचारी भर्ना रोक्का

१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज आगामी वर्षका लागि उक्त बजेटको गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो । यो वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । खतिवडाका अनुसार योमध्ये ९ खर्ब ४८ अर्ब पुँजीगत खर्चका लागि हो भने ३ खर्ब..

१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नुभएको हो । खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेशगर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२..

सरकारले वितरण गर्यो दुई खर्ब ४३ अर्ब कृषि कर्जा, बजेटमा कस्ता कार्यक्रम आउलान् ?

१४ जेष्ठ, काठमाडौँ । अर्थ मन्त्रालयले मंगलबार जारी गरेको आर्थिक सर्वेक्षणमा कृषि कर्जा लिने किसानको संख्यामा वृद्धि भएको जनाइएको छ । किसानले पाउने कृषि कर्जामा वृद्धि भएका कारण उत्पादनमा वृद्धि आएको मन्त्रालयको दावी छ । किसानले कर्जा लिनुलाई सरकारले प्रगतिको रुपमा हेरेको छ । किसानले कर्जा लिएका कारण उत्पादनमा वृद्धि भएको भनिए पनि किसानलाई त्यसले कति आर्थिक भार पारेको छ र किसानले आफ्नो उत्पादनबाट त्यो ऋण चुक्ता गर्न सकेका छन्..

एक महिना पछि पुर्वी नाका काँकडभिट्टा खुल्यो

२८ वैशाख, झापा । नेपालको पुर्वी काँकडभिट्टा नाका एक महिना पछि शनिवार देखि खुला भएको छ । गत चैत्र २६ गतेदेखि भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा सीमावर्ती नाका बन्द गरेपछि आयातनिर्यात नै पुर्ण रुपमा ठप्प भएको थियो । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार भारतबाट शनिवार नै ३० मालवाहक गाडी नेपाल भित्रिएका छन् । सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी उहाँले दिनुभयो । नेपाल इन्टरमोडल यातायात विकास..