ताप्लेजुङ वन कार्यालयमा गोलिया सड्दै, सूचना प्रकाशन गरेपनि किन्ने आएनन्

१३ फागुन, ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाका कारण सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको..

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवद्र्धधनमा रोङ गाउँपालिका

१३ फागुन, इलाम । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना..

इलामको फाकफोकथुममा ज्ञानदिलदास सम्मेलन सम्पन्न

१३ फागुन, इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास सम्मेलन सम्पन्न भएको छ । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि फाकफोकथुम आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकामा साहित्य सम्मेलन सुरु भएको थियो । सन्तकवि दासको जन्मभूमिलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् । ज्ञानदिलदासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार देखि..

इलामका जिसस प्रमुख र माङ्सेबुङ अध्यक्ष सम्मानित

१३ फागुन, इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका–२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा जिसस प्रमुख राई र पालिका अध्यक्ष राई सम्मानित भएका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान..

हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा गर्दै मुख्यमन्त्री कार्की

९ फागुन, झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका छन् । झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् । यो यात्रा उदयपुर पुगेर टुङ्गिनेछ । जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न..

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

८ फागुन, इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् । पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’ उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने..

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

७ फागुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध,..

झापाको बुद्धशान्तिमा आमाले गरिन् पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास

५ फागुन, झापा । श्रीमान् परस्त्रीसँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति साढे ८ बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैले आगो लगाएकी थिइन् । स्थानीयले देखेर तत्काल आगो निभाएका थिए । राति ९ ः२० बजे इलाका प्रहरी कार्यालय बुधबारेको टोली..

दमकका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

२९ माघ,  काठमाण्डौ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो। पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष..

पत्रकार महासंघको कार्यक्रममा सभामुख र सन्चारमन्त्री सहभागी नहुने

२८ माघ, काठमाडौं ।नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले आज गर्ने भनेको 'अग्रज अनुहार' पुस्तक बिमोचन कार्यक्रम प्रभावित हुने भएको छ । सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवा: पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेसँगै कार्यक्रम प्रभावित हुने भएको हो । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत..