पत्रकार महासंघको कार्यक्रममा सभामुख र सन्चारमन्त्री सहभागी नहुने

पत्रकार महासंघको कार्यक्रममा सभामुख र सन्चारमन्त्री सहभागी नहुने

२८ माघ, काठमाडौं ।नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले आज गर्ने भनेको ‘अग्रज अनुहार’ पुस्तक बिमोचन कार्यक्रम प्रभावित हुने भएको छ ।

सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवा: पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेसँगै कार्यक्रम प्रभावित हुने भएको हो ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फोनिजको विज्ञप्ति सार्वजनिक भएपछि विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा डाकिएका संघीय संसदका सभामुख देवराज घिमिरे र विशिष्ठ अतिथिका रूपमा डाकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी नहुने उच्च स्रोतले जनाएको छ ।

कार्यक्रम विवादित हुने भएपछि दुवै भिआइपीले कार्यक्रममा नजाने बताएको विश्वस्त स्रोतले जानकारी दिएको हो ।

तर, महासंघ प्रतिष्ठान प्रदेश अध्यक्ष बालकृष्ण अधिकारीले भने पूर्वनिर्धारित तालिका अनुसार नै कार्यक्रम हुने जानकारी दिएका छन् । ‘हामीले पूर्वनिर्धारित तालिका अनुसारै कार्यक्रम गर्न लागेका हौं’, अधिकारीले भने ।

पुस्तकमा नेपाल पत्रकार महासंघका पूर्वसहित वर्तमान अध्यक्ष बिपुल पोखरेलको संक्षिप्त जीवनी समावेश गरिएको प्रतिष्ठान प्रदेशले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर