समाज

मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु
२० फागुन, झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् । शनिबार साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ की देवीमाया बि.क. र नबिन बि.क.की छोरी बर्ष ६ की निशा बि.क.लाई ठक्कर दिएको थियो । घाईतहरुलाई उपचारको..

मानसिक रोगप्रति संवेदनशील नहुँदा विकराल समस्या आएको भन्दै सरोकारवालाको आपत्ती
१९ फागुन, काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री..

माझी राष्ट्रिय गीतको लोकार्पण
१९ फागुन, काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी..

झापामा रहेका समस्याहरुको सबै पालिका मिलेर समाधानमा लाग्ने प्रतिबद्धता
१९ फागुन, बिर्तामोड । झापा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले साझा समस्याहरु समाधानमा चासो व्यक्त गरेका छन् । शुक्रवार बिर्तामोडमा आयोजित मेयर, अध्यक्षहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याहरुको पहिचान गरेर समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषध समस्या, अखाद्य वस्तुको नियन्त्रण, जंगली हात्तीको आतंक साझा समस्याका रुपमा रहेको परामर्श बैठकमा उठान भएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले साझा..

मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार
१९ फागुन, झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म,..

शिवसताक्षीमा १३ औं नगरसभा सम्पन्न, उत्कृष्ट पाँच कर्मचारी सम्मानित
१९ फागुन, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाले २०८०र०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको..

इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने
१७ फागुन, सुनसरी । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले लगानी गर्नेछन् । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी छ । दाउरा विपन्नलाई खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै..

इलाम घुम्न जाऊँ अभियानमा इलामका पर्यटन व्यवसायी
१७ फागुन, इलाम । इलामका पर्यटन व्यवसायी इलाम घुम्न जाऊँ अभियानमा देशका पश्चिमी जिल्लाको अभियानमा निस्किएका छन् । इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा निस्किएका हुन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

विभिन्न जातजातिका झाँकी सहित झापा गोल्डकपको उद्घाटन हुने, मेयर बालेनलाई पनि निमन्त्रणा
१७ फागुन, बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको र फागुन १९ गते सभ्य र भब्य तयारीकाले उद्घाटन गर्ने बताए । झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव,..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

कोशी प्रदेश नामकरणको एक वर्ष, पहिचानवादीले मनाए कालो दिन
१७ फागुन, काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् । गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ । काठमाडौँको उपत्यकामा बसोबास गर्ने..