इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने

इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने

१७ फागुन, सुनसरी । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो ।

शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले लगानी गर्नेछन् । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी छ ।

दाउरा विपन्नलाई खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै लाग्ने भएका कारण इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर