चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु


११ असार, झापा । झापाका छुट्टा–छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासंगै आज बिहान परेको चट्याङले लागेर कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय लीला भनिने विकास गिरीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान खेतमा काम गर्ने क्रममा उनीहरु माथि चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक र्पुयाउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै गिरीको गौरीगञ्ज–३ स्थित ठेकिटोल स्थित सीताराम दाहालको खेतमा धनको बीऊ छर्ने क्रममा चट्याङ लगेर घटना स्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर