झापाको भद्रपुर नाकाबाट सामान निर्यात गर्न त्रिपक्षीय पहल

२२ भदौ, झापा । झापाको भद्रपुर नाकाबाट नेपाली सामान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल गरिएको छ । भद्रपुरका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक भएको पाइएको छ । नेपाली पक्षको टोलीमा नगरप्रमुख पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी तथा मैत्री संघका सदस्य प्रदीप सरावगी सहभागी थिए ।..

निजी अस्पतालमा पनि बीमाको सुविधा दिनुपर्ने स्वास्थ्य मन्त्रीको भनाई

२२ भदौँ, काठमाण्डौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको सुनाए । सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्न लागिएको उनको भनाइ छ । त्यसका लागि बीमा बोर्ड..

क्रिप्टो कारोबारीलाई ५० लाख लिएर छोडेको खुलासा, प्रहरी हवल्दारमाथी अनुसन्धान सुरु

२२ भदौ, काठमाण्डौँ ।  काठमाडौं प्रहरी परिसरले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको छ । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा गत शुक्रबार पक्राउ गरेर एक आरोपीबाट ५० लाख रूपैयाँ लिएर आइतबार छोडेको खुलेको हो । बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म रकम पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।..

झापा कारागारका १५ कैदीले सजाय मिनाहा पाउने

२२ भदौ, झापा । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छोड्ने तयारी गरेको छ । जसमध्ये झापा कारागारका १५ कैदीले पनि सजाय मिनाहा पाउने भएका छन् । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । विभागले..

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

२० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो । ओली न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानका लागेका हुन् । ओली असोज ५ गते अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनी असोज १५ गते स्वदेश फर्किने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य,..

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध

२० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध चर्किएको छ । एकले अर्को पक्षलाई आरोप लगाउने र खण्डन गर्ने कुरामा दुई नेताको सचिवालय केही दिनदेखि सक्रिय छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो पालामा आएको बजेटमा उल्लेख भएको निःशुल्क बालबालिकाको उपचार अहिले बन्द गरेको, स्वयंसेविकाहरूलाई दिइँदै आएको प्रोत्साहन रकम काटेको, विराटनगरमा उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग अस्पतालमा बजेट नदिएको, कडा रोग लागेकाहरूको सहुलियत रकम भुक्तानी..

बिहीबारको मौसम : तीन प्रदेशका केही स्थानमा भारी वर्षा

२० भदौ, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा..

विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा

१९ भदौ, काठमाण्डौँ ।  विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा एक करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युट्युबबाट सार्वजनिक भएको उक्त..

पेरिस ओलम्पिकका कास्य पदक विजेता पलेशाको भव्य स्वागत

१९ भदौ, काठमाण्डौँ । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि..

प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा

१८ भदौ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’ उनले कुनै उपाय छ..