समाज

दयाहाङ राई समुदायको हिरो की नेपालीको ?
२७ भदौ, काठमाण्डौँ । अभिनेत्री पूजा शर्माले ६ महिना अगाडि दिएको अन्तरवार्ताको एउटा क्लीप अहिले भाइरल छ, जसमा उनले ‘सामुदायिक एकता’ को विषयमा टिप्पणी गरेकी छन् । अभिनेता दयाहाङ राईलाई आफ्नो समुदायले टेवा दिएको तर आर्यन समुदायमा त्यस्तो ‘युनिटी’ नरहेको निष्कर्ष उनको छ । एक युट्युब पोडकास्टमा उनले भनेकी थिइन्, ‘हामीहरुको फिल्म विदेशमा बिक्न कति गाह्रो छ । तर, दया दाइहरुको फिल्महरु के हुँदो रहेछ भने कस्तो मज्जाले उनीहरुको युनिटी..

डेङ्गी सङ्क्रमणबाट झापामा दुईको मृत्यु, प्रदेशभर १ हजार ६५ जना सङ्क्रमित
२४ भदौ, झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।..

कित्ताकाट खुलाउने तयारीमा सरकार
२४ भदौ, काठमाण्डौँ । देशभरका अधिकांश स्थानीय सरकारले भू-उपयोग नीति नबनाउँदा ती पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । संघीय सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेको थियो । तर, अधिकांशले यसलाई पालना गरेनन् । कित्ताकाट ठप्प भएसँगै सरकारले पुनः पालिकाहरूलाई जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीको भनाइ छ । कित्ताकाट..

जामुनखाडीको वन्यजन्तुलाई दैनिक आहाराको समस्या
२३ भदौ, झापा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा तीन वर्षअघि स्थापना गरिएको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या भएको छ । कोशी प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोड लगानीमा बनेको उक्त आधुनिक उपचार केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपक्षीलाई व्यवस्थित गरेर राखिएको छ । सामुदायिक बनले आम्दानी घटेको उल्लेख गर्दै वन्यजन्तु पाल्न धौ धौ परेको जनाएको..

दमकमा गाई मारेको आरोपमा ४ जना पक्राउ
२३ भदौ, झापा । झापाको दमकमा भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा..

कर्जाको माग नबढेपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
२३ भदौ, काठमाण्डौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यहीकारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर..

चेक बाउन्स मुद्दामा १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने
२३ भदौ, काठमाण्डौँ । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद,..

वडाध्यक्षको छोराको मोटरसाईकल दुर्घटनामा निधन
२२ भदौ, इलाम । इलामको सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी राईलाई पुत्रशोक परेको छ । झापाको बुट्टावारी स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा २६ बर्षिय दिपाङकर राईको निधन भएको हो । घाइते बनेका राईको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गत भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–इस्टेट नजिकै पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ नंम्बरको..

इलाम जिल्ला अदालत कार्य सम्पादनका आधारमा देशभरमा तेस्रो
२२ भदौ, इलाम । गत आर्थिक वर्ष २०८०।८१ मा इलाम जिल्ला अदालत देशभरमा तेस्रो भएको छ । सर्वाेच्च अदालतले कार्य सम्पादनका आधारमा गरेको मूल्यांकनमा देशका ७७ जिल्ला अदालतमध्ये इलाम तेस्रो बन्न सफल भएको हो । गत आवमा संख्याका आधारमा लक्ष्यनजिक पुुगेको, ६७ प्रतिशत मुद्दा फस्र्याेट भएको र दुई वर्षभन्दा बढी अवधिका मुद्दाको संख्या शून्य रहेको अदालतका सूचना अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । न्यायसम्पादनमा उत्कृष्ट कार्य गरेवापत सर्वाेच्चको मूल्यांकनमा ७७..

झापामा पहिलो पटक एमबीबीएस पढाई हुने
२२ भदौ, झापा । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता भएको हो । आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार एमबीबीएसको पठनपाठन यसै शैक्षिक शत्रबाट सुरु हुने छ । पहिलो चरणमा ५० सिट पाएको विएण्डसीको क्षमता..