विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा

विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा

१९ भदौ, काठमाण्डौँ ।  विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा एक करोड १० लाखभन्दा बढी पटक हेरिएको छ ।

श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युट्युबबाट सार्वजनिक भएको उक्त गीत एकै दिनमा १५ लाख पटक हेरिएको थियो । यद्यपि उक्त गीत यो १० दिनको अवधिमा ट्रेडिङको कुनै तहमा प्रवेश गरेन ।

एकै दिनमा १५ लाख पटक हेरिएपछि उक्त गीत एक हप्ताभन्दा अघि नै १ करोड पटक हेरेर गायक प्रकाश सपूतको गीतलाई पछि पार्ने आँकलन गरिएको थियो । अन्ततः ९ दिनमै करोड पटक हेरिएको छ । गायक सपूतको ‘सकम्बरी’ गीत एक सातामै एक करोड पटक हेरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर