अनेरास्ववियू इलामले सामुदायिक विद्यालय सुधार अभियान संञ्चालन गर्ने

२४ फाल्गुन, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले सामुदायिक विद्यालय सुधार अभियान चलाउने भएको छ । संगठनको आज फाल्गुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निश्कर्ष निकाल्दै सामुदायिक विद्यालय सुधार अभियान चलाउने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्लाभरका सवै सामुदायिक विद्यालयमा अनेरास्ववियूका तर्फबाट निरिक्षकको जिम्मेवारी तोकिएको छ । निरक्षकले विद्यालयको सम्पुर्ण तथ्यांक संकलन गर्दै विद्यालय स्तरमा अन्र्तक्रिया समेत..

प्रधानमन्त्रीले लगाए कोरोना विरुद्धको खोप

२३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना विरुद्धको खोप लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक..

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि देखी

२२ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि सुरु हुदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फाल्गुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको निर्देशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पैष ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गर्नुभएको थियो । सङ्घीय संसद्को वर्षे र..

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्यो

२२ फाल्गुन, काठमाण्डौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फाल्गुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको हो । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको हो । आयोजनाको..

महाशिवरात्रि मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गर्यो

२२ फाल्गुन, काठमाण्डौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको हो । यसैगरी कोषाध्यक्ष डा. मिलन थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति..

वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने छः प्रधानमन्त्री ओली

२० फाल्गुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने बताउनुभएको छ । उहाँले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक तीन हजार पुगेको उल्लेख गर्दै अब छिट्टै पाँच हजार पुर्याइने बताउनुभयो । आज सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भन्नुभयो–‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याइने उल्लेख गरेको..

प्रध्यानाध्यापकमाथी आर्थिक अनिमितता गरेको आरोप

२० फाल्गुन, सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ को बि.पि.अधारभुत बिद्यालयमा विद्यालयका प्रध्यानाध्यापकले आर्थिक अनिमितता गरेको आरोप लागेको छ । व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीले विद्यालयको खातामा रहेको पैसा चलखेल गरेको भन्दै विद्यालयमा गत मंगलबार स्थानियहरु सहित तालाबन्दी गरेका छन् । विद्यालयकका प्रधानाध्यापक निर्दल कुमारी चौधरीले विद्यालयको खाताबाट नौ लाख ९५ हजार रुपेया निकालेको उनीहरुको आरोप छ । प्रधानाध्यापक चौधरीले आफुहरुलाई जानकारी नदिई राष्ट्रिय वाणिज्य बैंक इनरुवाको खाता नं...

आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय

२० फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वाेच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फाल्गुन १८ गते..

गोङ्गबु हत्याकाण्डः कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय

२० फाल्गुन, काठमाण्डौँ । गोङ्गबु हत्याकाण्डकी मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत श्रावण २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई..

प्रधानमन्त्री ओलीद्धारा जाउलाखेलस्थित चिडियाखानाको अवलोकन

१९ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी सबै जिवजन्तुको अवलोकन गर्नुभएको हो । आज चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उहाँ चिडियाखाना जानुभएको थियो । यस्तै आज विश्व वन्यजन्तु दिवस पनि हो । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुग्नुभएका प्रधानमन्त्री ओली मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढ्नुभएको थियो..