प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)

११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नुभएको हो । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन । उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फाल्गुन..

मेची भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्धि

५ वैशाख, झापा । चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४..

सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली

४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कोरोना सङ्क्रमण नियन्त्रण, उपनिर्वाचन तथा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसको बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन तथा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह..

सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न कृषि मन्त्री मगरको सुझाव

४ बैशाख, झापा । प्रदेश एकका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले हरेक सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न सुझाव दिनुभएको छ । शुक्रबार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय मेचीनगर–६ काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना क्षेत्रमा उत्पादन भएका वस्तुलाई कसरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको विगतदेखि वर्तमानसम्मको..

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल

२ बैशाख, झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल गरिएको छ । आज (बिहीबार) बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।..

प्रतिकूल अवस्थामा पनि २०७७ साल सफल वर्ष रह्योः प्रधानमन्त्री ओली

१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साल राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा देशबासीलाई शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरुमा नअलमलिएर राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गर्नुभएको हो । आपसमा फुट र बैमनष्यता नभइ राष्ट्रिय एकताका साथ सरकारले नयाँ वर्ष २०७८ सालमा नयाँ कामहरु गर्न लागेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट..

अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रियस्तरको निवन्ध प्रतियोगिता सुरु

२८ चैत्र, इलाम । अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रिय स्तरको निवन्ध प्रतियोगिता सुरु भएको छ । शहिद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवशको अवसरमा “बैदेशिक शिक्षमा नेपाली यूवाको पलायन विषयमाः समस्या र समाधनहरु” शीर्षकमा अन्तराष्ट्रियस्तरको निवन्ध लेखन प्रतियोगिता शुरु भएको हो । निबन्ध लेखन प्रतियोगिताले बैदेशिक शिक्षामा नेपाली यूवाको पलायन बारे समस्या र समाधनहरु के के हुन सक्छन् भनेर बहसको रुपमा चेतना जगाउने उदेश्य लिएको आयोजकले जनाएको..

नेपाल पत्रकार महासंघको मतगणना सम्पन्नः अध्यक्षमा विपुल पोखरेल निर्वाचित

२८ चैत्र, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । आज अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी प्यानलका उम्मेद्धवार पोख्रेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गर्नुभयो । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ..

रोकिएको सडकको निर्माण कार्य तत्काल सुरु गर्ने मन्त्री नेम्बाङको प्रतिबद्धता

२८ चैत्र, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले हुलाकी सडक आयोजना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री नेम्वाङले रोकिएको सडक निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आवश्यक परे वन मन्त्रालय र राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई साथमै लिएर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न आफैँ ठोरी आउने पनि मन्त्री नेम्वाङले बताउनुभयो । वीरगञ्ज–ठोरी हुलाकी..

राष्ट्रपति चुरे–तराई संरक्षण समितिको अध्यक्षमा डा. किरण पौडेल (मन्त्रिपरिषद् बैठकका निर्णय)

२७ चैत्र, काठमाण्डौँ । सरकारले विदेशमा बस्ने नेपाली समुदायलाई माध्यमिक तहसम्म नेपाली पाठ्यक्रमअनुसार पठनपाठन संञ्चालन गर्न चाहेमा सर्तसहित अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विदेशमा बस्ने नेपाली समुदायले नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप संञ्चालन गर्न चाहेमा सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी..